नेपाली समय Loading...२०७८ बैशाख २६ आईतवार

विभेद विरुद्ध हामी सबै एक हुनुपर्छ

टुनाकुमारी विश्वकर्मा
सुन्दरहरैचा नगरपालिका, वडा नं.६ वडा सदस्य तथा वडा मेलमिलाप केन्द्र संयोजक

​१, भर्खरै भारतको नयाँदिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलन तथा समता सम्मान कार्यक्रमबाट सम्मानित हुनुभएको छ । कार्यक्रमबाट सम्मानित हुन पाउँदा कस्तो अनुभुती गरिरहनु भएको छ ?

आजसम्म मैले जसरी रातोदिन नभनी दलित समुदायहरुको हक हित र अधिकारका लागी जस्तो सुकै ठाँउ र परिस्थितिमा दलित समुदाय र दलित महिलाहरूको पक्षमा, न्याय, अधिकार र समानताको पक्षमा जुन आवाज उठाउदै आएकी थिए । भारतको नयादिल्लीमा भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय दलित सम्मेलनमा तथा समता सम्मान कार्यक्रम बाट सम्मानित हुन पाउदा मैले मेरो समुदाय प्रति गरेको कामकोलमुल्यांकन गरेको अनुभुती गर्दै थप जिम्मेवारी र विभेद विरुद्ध लड्न साहस बढेको महसुस गरेको छु र धेरै खुशी पनि लागी रहेको छ ।

​२, जनप्रतिनिधिको भुमिकामा रहदा दलित समुदायको पक्षमा के कस्ता कार्यक्रमहरू बनाएर लागू गर्न पहल गरिरहनु भएको छ ?

दलित समुदाय समाजका सबै क्षेत्रबाट पछाडी पर्नुको मुलकारण शिक्षा भएकाले शिक्षालाई पहिलो प्राथमिकता दिदै समतामूलक समाज निर्माणका लागि उत्पीडित दलित समुदायको हक हित र अधिकारको लागी जनप्रतिनिधिको भुमिकामा रहेर नगर कार्यपालिकासंगको सहकार्यमा विभिन्न कार्यक्रमहरू लागु गर्न पहल गरिरहेकी छु।

​३, वडा मेलमिलाप केन्द्रको संयोजक हुनुहुन्छ । तपाईको वडामा जातीय भेदभाव तथा छुवाछूतको घटनाहरू के कत्तिको भइरहेको पाउनु भएको छ ?

समाज निकै अगाडि बढीरहेको छ । दलितहरुका पक्षमा निकै कानुनहरू बनेका छन् । दलित पक्षमा रहेको कानुन र अधिकारका कारण समाजमा सचेतना बढिरहेको छ । तर पनि नपत्याउदो तरिकाले जातिय बिभेद कायमै छ । त्यस्ता जातिय बिभेदका घटनालाई मेलमिलापले हेर्न मिल्दैन र अहिले सम्म आएको पनि छैन।

​४, जनप्रतिनिधि हुनु पहिले र पश्चात् सामाजिक व्यबहारमा कस्तो अन्तर पाइरहनु भएको छ ?

पहिलो समाजमा जुन मात्रमा छुवाछूत विभेद थियो । त्यो क्रमश कम हुदैछ । तर पुर्ण रुपमा अत्य भएको छैन । जनप्रतिनिधि हुनु पहिले र पश्चात् निकै आकाश जमिन को फरक छ । सामाजिक भेदभाव छुवाछूत त छैन ।जनप्रतिनिधि भए पछि थप जिम्मेवारी पूरा गर्नुपर्ने कारणले पारिवारिक जिम्मेवारीहरू पूरा गर्न अफ्ठ्यारै परिरहेको छ।

​५, महिला हुनुहुन्छ । सदियौं देखि शोषणमा परिरहेको समुदायबाट प्रतिनिधित्व गर्दै आगाडी बढिरहनु भएको छ । के कस्ता चुनौतीहरूको सामना गर्न परिरहेको छ ?

दलित भित्र पनि महिला भएको कारणले सदियौ देखी विभेद देख्दै भ‍ग्दै अघि बढिरहदा जातीय विभेद, घरेलु हिंसा, महिला हिंसा, अन्तरजातीय बिबाह, बोक्सिको आरोप कालोमोसो जुत्ताको माला, कुटपिट घटनाका लगाएतबाट पीडितहरूको आवाज उठाउदै जस्तोसुकै ठाँउ र परिस्थितिमा पिडितहरूलाई न्याय दिलाउन जुन सुकै ठाउमा पनि पुग्नु परेको छ । सो क्रममा धेरै प्रकारका चुनौतीहरू आउछन् । पार गरेर अघि बढिरहेको छु ।

​६, उत्पीडित दलित समुदाय र महिला हुनुहुन्छ । आफ्नो समुदाय र समस्त महिलाहरूलाई के कस्ता सुझावहरू दिन चाहानु हुन्छ ?

उत्पीडित दलित समुदाय र महिला भएकै नाताले समुदाय र समस्त महिलाहरुलाई सदियौ देखी हाम्रो समुदायलाई पछाडी पारिएको हो। अब हामी आफैले हिम्मत गर्नु पर्यो। हिम्मतका साथ हामी एक जुट भएर अगाडी बढ्यौ भने हामिमा भएका अफ्ठ्यारा समस्याको समाधान अवस्य हुदै जानेछ। अधिकार कसैले दिदैन अधिकार हामी आफैले खोज्नु र आवस्यकता परे खोस्नु पर्दछ । समाजमा भएको सबै प्रकारका विभेद विरुद्ध महिला दिदिबहिनी हामी सबै एक हुनुपर्छ ।

​७, अन्त्यमा छुटेका केही विषयहरू छन् भने राखिदिनुस् ?

हामी सिप र सृजना खानीहरुलाई अझै पनि सामन्ती शोषक शासकहरूले तल्लो जातको दर्जामा हामिलाई अढ्याईदिएको छ । यस्तो कु प्रथाको जालो च्यात्ने काम हामी दलित समुदायकै हो। त्यसैले हामी मेचिदेखी महाकाली सम्म मात्र नभएर देश विदेश रहनुहुने फरकफरक पार्टीका फरकफरक संगठन जहा भएता पनि हाम्रो मुद्दा,पीडा समान भएकाले साझा मुद्दामा एकता गर्दै अगाडि बढ्नु आजको मुल आवस्यकता हो ।

प्रतिक्रिया दिनुहोस्