नेपाली समय Loading...२०७८ बैशाख २६ आईतवार

क्रियाशील दलित पत्रकार संघ,नेपाल द्धारा दलित पत्रकारहरु सम्मानित

काठमाडौँ । क्रियाशील दलित पत्रकार संघ, नेपालले नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित दलित समुदायका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा नवनिर्वाचित राष्ट्रिय दलित पत्रकार संघ,नेपालका केन्द्रीय सदस्यहरु राधा नेपाली,सरीता बराइली,प्रकाश धौलाकोटी र रमेश टमाटा लाई सम्मान गरिएको हो ।

कार्यक्रममा आडजोनका महासचिव विश्वास खड्काथोकीले बधाई तथा शुभकामना दिनुभएको छ । नवनिर्वाचित केन्द्रीय सदस्य सरिता बराइलीले दलित भित्रको आन्तरिक विभेद हटाउनु आवश्यक भएको र आरक्षण र समावेशी कोटा स्थापित गर्नका लागि लड्नुपर्ने बताउनुभयो । त्यस्तै नवनिर्वाचितहरुले आफूहरुलाई अमूल्य भोट दिएर जिताउनु हुने सबै–सबै जनालाई धन्यवाद दिएका छन् ।

कार्यक्रममा प्रमुख आतिथ्य प्रकाश चन्द्र परियार र कार्यक्रमको अध्यक्षता क्रियाशील दलित पत्रकार संघ,नेपालका अध्यक्ष पवित्रा सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्