नेपाली समय Loading...२०७८ बैशाख २६ आईतवार

५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइयो

 काठमाडौं । ५६ औँ अन्तर्राष्ट्रिय रंगभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले काठमाडौंमा वृहत प्रदर्शनसहित सभा गरेको छ । अन्य राजनीतिक संघ संगठनहरुले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् ।

दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रंग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

हामीले दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा भएको हत्या प्रकरणको सम्झनामा अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ । त्यसयता नेपालमा विभेद भोग्दै आएको दलित समुदायलले आज हामीले सार्प भिल्लेमा भएको आततयी घटनामा मारिएका योद्धाहरुको सम्झनामा अन्तर्राष्ट्रिय जातिभिेद विरुद्धको दिवस मनाउने गरिएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित गैरसरकारी संस्था महासंघ, संयुक्त दलित जातीय संघर्ष समिति, जातीभेद विरुद्ध विश्व मञ्च (ग्लोवल फोरम) युथ एकेडेमी नेपाल लगायतका संघ संस्थाहरुले काठमाडौंको शान्ति बाटिकाबाट शान्ति र्याली निकालेका थिए । सो र्याली बसन्तपुर डवलीमा पुगेर सभामा परिणत भएको थियो । सो सभामा बोल्दै विभिन्न राजनीतिक दलहरुका नेता, दलित अधिकारकर्मी र नागरिक अगुवाहरुले नेपालमा अझैं छवाछूत अन्त्य भइनसकेकाले एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले जातीय विभेद अन्तय नभएसम्म नयाँ नेपालको परिकल्पना गर्न नसकिने पनि बताए । सो सभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (क्रान्तिकारी माओवादी) नेता परी थापा, लगायतले सत्ता, शक्ति र सम्पत्ति वर्चश्वका लागि भेदभाव गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्