नेपाली समय Loading...२०७८ बैशाख २६ आईतवार

म त तिम्रो अछुत छिमेकी रहेछु

रामेछाप सन्दर्भ २१ मार्च ५६ औं जातिभेद उन्मुलन दिवस

 जतिबेला म भर्खर कखरा चिन्दैथिएँ त्यतिबेलैबाट हाे तिमीलाई छिमेकी भेनेर चिन्न थालेको ,
हातका औँलाहरूले कलम समाउन नजान्दै बिद्यालय जान थालेँ तिम्रा छोराछोरीसंगै र त्यहि बेलाबट मेरा कलिला पैतालाहरू तिम्राे आँगनसम्म पुग्याे किन कि मेराे सखी तिम्रै छोराछोरी थिए ।
 
जिम्बल बा ! तिमीलाई राम्ररी थाहा छ, तिम्रा छोराछोरी र म बिद्यालय जान्थ्यौ सँगै / आउथ्यौँ सँगै तिम्रा छोराछोरी र म उस्तै हौं झैं लाग्थ्यो उस्तै लाग्थ्यो, तिम्रो घर र मेरो घर पनि उस्तै लाग्थ्यो तिम्रो र मेरो घरको आँगन चुल्हाेमा बलिरहेकाे अगेनो पनि उस्तै लाग्थ्यो ।
 
तर अहँ, होइन रहेछ मत भ्रममा पो रहेछु तिम्रो छोराछोरी र म उस्तै होइन रहेछौँ होइन रहेछ तिम्रो घर र मेरो घर उस्तै उस्तै होइन रहेछ तिम्रो घरको आँगन र मेरो घरको आँगन हैन रहेछाैँ हामी उस्तै उस्तै ।
त्यतिबेला थाहा पाएँ जब तिम्रा छोराछोरी अर्थात् मेरा सखीहरू जोसँग खेल्दै तिम्रो घरको आगननेर पुगेँ जतिबेला, तिम्रा छोराछोरीले दूध पिउँदा मलाई पानी पिलायौ तब थाहा पाएँ जब तिमीले पानीको धारामा रोक्याै सरस्वती मन्दिरको दैलोअघि छेक्यौ मेलापातमा मलाई खाजा, दिँदा अलग्ग राख्यौ म बुझ्दिनथेँ त्यतिबेला किनकि म तिम्राे सन्तान जस्तै सानाे थिएँ ।
 
जब मेरा मस्तिष्क मेराे शीरमा विराजमान भएर उभियाे तब पाे थाहा पाउन थालेँ म त तिम्रो अछुत छिमेकी रहेछु ।
तिम्रो घरमा छिर्दा तिम्रो घर बिटुलो हुन्छ भन्यौ आँगन टेक्दा जुठो हुन्छ भन्यौ मैले दूध पिउँदा गाई रुख चढ्छ भन्यौ धाराको पानी छोइन्छ टाढै बस भन्यौ । पसिन म मन्दिरभित्र किनकी तिमिले देवता रिसाउँछन् भन्यौ खाजासँगै खाँदा मर्नेबेला नर्क गइन्छ भन्यौ । तब पो थाहा पाएँ म त तिम्रो अछुत छिमेकी रहेछु ।
 
तिमीले बिर्सिएछौ जिम्बल बा ! तिम्राे कुर्कुचाबाट तपतप रगत चुहिँदा मेरा बाले जुत्ता सिलाएर दिनुभएको, तिम्रो नाङ्गो शरीर ढाक्न काकाले लुगा सिलाइदिनु भएको तिम्रो पेट भर्ने अन्न उब्जाउन तिम्रो खेतबारी खनजोत गर्ने कुटोकोदालो मेरा ठुलोबाले बनाइदिएको अब त अत्ति भाे जिम्बल बा ! लैजाऊ तिमीले दिएकाे एकपाथी धान अब तिम्रा लागि सिलाउने लुगाले नेपालको झन्डा बनाउछु फलामले दुस्मनसंग भिड्ने हतियार बनाउछु फेरि भन्छु फिर्ता देऊ मेरा बाले बनाइदिएकाे जुत्ता जुन जुत्ताकाे साेलमा देशकाे नक्सा बनाएर राख्छु । 
प्रतिक्रिया दिनुहोस्