नेपाली समय Loading...२०७८ बैशाख २६ आईतवार

मन्त्रिहरुको जिम्मेवारी हेरफेर, जगत बिश्वकर्मालाई मन्त्रि पदबाट हटाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुको जिम्मेवारी हेरफेर र विस्तार गर्दा जगत विश्वकर्मालाई हटाइएर विमला विश्वकर्मालाई ल्याइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने क्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई हटाई , विश्वकर्माको ठाउँमा दावा लामालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ । उद्योग राज्यमन्त्री मोती दुगड हटाईएर रीत्त स्थानमा विमला विश्वकर्मालाई जिम्मेवारी दिएका छन् ।

टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्