नेपाली समय Loading...२०७८ बैशाख २६ आईतवार

वर्णव्यवस्था दलितका लागि वरदान कि अभिशाभ

कथित उपल्लो जातका भनिने शाषकहरुले त्यहि कहिले बासि खाना त कहिले कानो अन्न दिएर चित्त बुझाउने गर्दथे । यसो गर्दा दलितहरु शोषिए । दलितहरु सँग पैसा नहुने जसले गर्दा बाहुन क्षेत्रिहरुको हलिया बन्न बाध्य भए पढ्न सकेनन् । त्यसेले नै दलितहरु सयौँ वर्ष सम्म पनि जहाँको त्यँहि रहेको स्थिति छ

नेपालमा वर्णव्यवस्थाका बारेमा विभिन्न टिकाटिप्पणि र भनाईहरु भनिने र सुनिने गरेका भएपनि मानव विकाससँगै विभिन्न सभ्यताको विकास हुने र जात व्यवस्था अर्थात वर्ण व्यवस्थाको पनि विकास भएको पाईन्छ । विशेष गरि ई.पु. ३२०० भन्दा पछि विभिन्न सभ्यताहरु जस्तैः युराल पर्वतको सभ्यता , सिन्धुघाटीको सभ्यता आदी सँगै वर्ण व्यवस्थाको सुरुवात भएको मानिन्छ । यसरी विकास हुँदै आएको वर्ण व्यवस्था दक्षिण एसियामा पनि प्रवेश गर्यो र तिव्र रुपले फैलिदै गयो । कतिपयले नेपालमा जयस्थिति मल्ल ले कतिपयले राम शाह ले जात व्यवस्था को सूरुवात गरेको भन्ने गरिन्छ तर सत्य त्यो होईन ।

ईतिहासलाई नियालेर हर्ने हो भने, नेपालका सबैजसो ठाउँमा दलितहरु काम गर्ने हलि वा भरियाको रुपमा प्रयोग हुने गर्दछन् । ग्रामिण भेगका पहिलेका मानिसहरुका सन्दर्भमा भन्ने हो भने , दलितहरु बाह्रैमास कथित उपल्लो जातका भनिने (शाषकहरु नै भन्छु म) मानिसहरुको काम गरेर जिवन निर्वाह गर्नुपर्ने बिवशतामा छन् । शाषकहरु आफ्ना छोराछोरी लाई स्कुल पठाउने दलिहरुका छोराछोरी लाई आफ्नो जिमि जग्गाको काममा लगाउने गर्थे । ति कमैयाहरु जो बाह्रैमास उनिहरुको हलि बनेर बसेका हुन्छन काम गरेबाफत एक छाक खाना र बताएर धारमा लागेको अन्न दिएर चित्त बुझाउने गर्दथे । सबै महिलाहरु इसरी जिमि जग्गाको काम गर्थे भने पुरुषहरु कोहि लुगा सिलाउने, कोहि फलामको काम गर्ने, कोहि छालाको काम गर्ने त कोहि सुनको काम गर्ने गर्दथे । यसो गरेबाफत कथित उपल्लो जातका भनिने शाषकहरुले त्यहि कहिले बासि खाना त कहिले कानो अन्न दिएर चित्त बुझाउने गर्दथे । यसो गर्दा दलितहरु शोषिए । दलितहरु सँग पैसा नहुने जसले गर्दा बाहुन क्षेत्रिहरुको हलिया बन्न बाध्य भए पढ्न सकेनन् । त्यसेले नै दलितहरु सयौँ वर्ष सम्म पनि जहाँको त्यँहि रहेको स्थिति छ । दलितका छोरा लाई बाजा बजाउन हलो जोत्न सिकाउने गरियो , जसबाफत बासि भात वा जौ को पिठो ज्याला दिने गरिन्थ्यो । गाउँका शाषकहरु दलितका छोरी चेलि लाई जिस्काउने , ईज्जतमाथि खेल्ने यदि यो कुरा कतै थाहा भयो भने उल्टै फलानी दमीनि वा कामिनी ले हाम्रो ईज्जतमाथि हात हालि भनेर जरिवाना लगाउने गरिन्थ्यो । तर यदि कुनै दलितको छोराले उनिहरु कि छोरी चेलि हरु लाई प्रेम विवाह गर्छु भन्योे भने ज्युँदै मारेर खोलामा फाल्ने चलन थियो । दलितलाई कुनै सामाजिक प्रतिष्ठाको पद धारण गर्न दिईदैनथ्यो कुनै भेला, बैठक , सभा , समारोह मा त झन जाने कुरै भएन किनकि दलितहरु अछुत हुन्थे । दलितका घरमा राम्रो कपडा , राम्रो सामान केहि हुनुभएन यदि त्यस्तो भयो भने राम्रो जति सबै उनिहरुलाई बुझाउनु पथ्र्यो । देशभरिका कतिपय दलितहरु घरबार बिहिन छन् त कँहि कतै घरबार भएछ भनेपनि उनिहरुको ईच्छाले दिएको जस्तोसुकै ठाउँ भएपनि झुपडि बनाएर बस्ने व्यवस्था गर्नु पर्दथ्यो । छेउछाउका सानातिना जग्गा बारतार लगाएर बालि लगाउने त्यै पनि उनिहरुका गाईवस्तुले खाईदिने यदि बालि खाएको कुरा उठाउने हो भने त्यो हाम्रो जग्गा हो तुरुन्तै छोडिहाल भन्ने धम्कि दिने गर्दछन् । यति मात्र हैन कतै सानो तिनो चोरी भयो , केहि बिग्या्रे भने दलितको नाम अगाडि आउने गर्दथ्यो । खाने पानीका धाराहरु छुट्टाछूट्टै हुन्थे भने चाडपर्वमा बसेर रमाईलो हेर्ने ठाउँहरु समेत छुट्याईएका हुन्छन । कुनै ठाउँमा जुता लगाएर जान नपाईने , घोडा चड्न नपाईने त कतै जयाँ कपडा तथा राष्टिय ढाँकाको टोपि समेत लगाउन दिईदैनथ्यो ।

हाल २१ औँ शताब्दीमा छौँ , नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । २००७ साल देखि नै कुनै न कुनै रुपले विभिन्न राजनितीक पार्टी हरु ले दलितहरुको हकहित र न्याय प्राप्तिका लागि भुमिका खेलिरहेको दाबि गरिरहेका छन् तर हाल सम्म पनि समस्याहरु जिउँ का तिउँ रहेका छन् । देशमा दश वर्षे जनयुद्द भयो यसले आंशिक रुपमा केहि परिवर्तन त ल्यायो तर उपलब्धिमसुलक भने भएन । देशमा यत्रो ठुलो परिवर्तन आईरहँदा दलितहरुलाई भने उहि पुरानै शासन शैलिमा सिमित राख्न विभिन्न शक्तिहरु सक्रिय रहेका छन् । गणतान्त्रिक राज्यमा एउटा पानी को धारा छोईएको निहुँमा दलित महिला कुटेर मारिएका छन् । कतै बोक्सिको आरोपमा महिलाहरु कुटेर मारिने गरेका छन त कतै आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्दा मारिएका छन् । चोखो मनले कुनै दलितको छोराले माया गर्छु विहे गर्छु भन्दा दिन दहाडै नवराज वि क जस्ता देशका सच्चा सपुत मारेर नदिमा बगाएका छन् । कैँयौ आमा का काख रित्तिएका छन भने कति छोरिचेलिका सिंदुर पुछिएका छन् । यो सब जातव्यवस्थाको उपज हो । हालसालैको एउटा घटना हो , जहाँ कोरोना कहर ले विश्व नै आक्रान्त बनेको छ यस्तो बेलामा पनि यि घटिया मानसिकताका मानिसहरुले हुँदा हुँदा क्वारेन्टाईन मा समेत छुवाछुत गरेको समाचार बाहिरिएको थियो ।

केहि समय यता कुनै न कुनै रुपले दलितहरु हाल आँशिक रुपमा स्कुल जाने जागिरको खोजि गर्ने भईसकेपछि सयौँ वर्षदेखि दास बनाएर राख्न पल्केका ब्वाँसाहरु जुर्मुराउन थालेका छन् । दलितहरु प्रत्यक्ष रुपमा आफै सामेल आफ्नो हक अधिकार प्राप्तिका लागि दश वर्षे जनयुद्द र १९ दिने जनआन्दोलन मा सहभागि भएका थिए । फलस्वरुप केहि रुपमा दलितले हाल सहुलियत पाउँदै आएका छन् यसको मतलब यो होईन कि कसैले दया गरेर दलितलाई अधिकार दिएका हुन । अहिले राज्यद्वारा दिईदै आईरहेको समावेशि समानुपातिक कोटा ले केहि रुपमा दलितहरुको सहभागिता बढाउँदै ल्याएको छ । यसको पनि सामन्तवर्गहरु विरोधमा उत्रिएका छन् किनकि उनिहरु कहिल्यै पनि दलित पहुँजमा आएको छ शासन गरेको हेर्न र सहन सक्दैनन् । यसैगरि राजनैतिक क्षेत्रमा पनि हेर्ने हो भने दलितलाई गाउँदेखि केन्द्र सम्म समानुपातिक सिटमा सिमित राखेका छन् । समानुपातिक मा नाम मात्र दलितको छ तर रजाँई भने सतप्रतिशत नै बाहुन क्षेत्रिकै छ । हालका गाउँपालिका नगरपालिका मा दलितहरु अध्यक्ष मेयर मा अटाउन सकेनन् मात्र एउटा सदस्यको भुमिका दिईएको छ । यो सबै हेर्ने हो भने साच्चिकै दलितहरु सँग पैसा हुदैन चुनाव जित्न सक्दैनन भन्ने मानसिकता अहिले पनि हावी छ । कुनै स्कुलमा दलित हेडमास्टर भयो भनेर त कतै विद्यालयका अध्यक्ष दलित भयो भनेर बहिष्कार समेत गर्ने गरेका छन् ।

यसर्थ विगत देखि वर्तमानलाई हेर्ने हो भने दलितलाई वर्णव्यवस्था वरदान नभई अभिशाप नै भएर निस्केको छ । जसको परिणाम हामिले विभिन्न आपराधिक र अपत्यारिला घटनाहरु पटक–पटक सुन्ने गरेका छौँ । यसरि नै गणतान्त्रिक राज्यमा कम्न्युष्ट सरकार भएको बेलामा समेत दलितहरुको हकहितको रक्षा हुन सकेन र दलितहरु पहिलेकै १६ औँ शताब्दीमा जसरि नै बाँच्ने अवस्था आउने हो भने दलितहरुका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने उखान चरितार्थ हुने देखिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

राजेन्द्र हुम्ली
ताँजाकोट –५ मदना,हुम्ला
बि.एस.सि., त्रिचन्द्र

प्रतिक्रिया दिनुहोस्